चोरीको मोटरसाइकल सहित दुइ जना पक्राउ

चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी गर्दै हिंड्ने दुइ जनालाई पक्राउ गरेको छ । जिल्लामा लामो समयदेखि मोटरसाइकल चोरी गर्दै हिंड्ने गिरोहहरु प्रति आक्रमक बन्दै आएको चितवन प्रहरीले आज मंगलबार चार वटा मोटरसाइकल सहित दुइ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका १३ पाँडेघुम्ती बस्ने अन्दाजी २०/२२ बर्षका मणी गौतम र मंगलपुरको ग्यारेज चलाइ बस्ने अर्का एक जना नाम नखुलेको ब्यक्ति रहेकोे बताइएको छ । गौतमलाइ ३ दिन अगाडी पक्राउ गरेको भएपनि ग्यारेज चलाइ वस्ने अर्को एक जनालाई भने आज मात्रै पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट टि ट्वान्टी मोटरसाइकल बरामद गरिएको जिल्लाको एक घुमुवा प्रहरी स्रोतले आफ्नु नाम नबताउने सर्तमा बताए । घट्नाबारे भोलि पत्रकार सम्मेलनमार्फत थप जानकारी गराइने चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्