Techie IT
सोमबार, जेठ ३,२०७८

नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन


नेपालटारमा महानगरीय ट्राफिक कार्यलयको उदघाटन भएको छ । तारकेश्नवर नगरपालिका नगर प्रमुख रामेश्वर बोहराद्धारा उद्घाटन गरिएको सो कार्यक्रममा बालाजु प्रहरी प्रमुख रनंजित सिहं राठौर ,महानगरीय ट्राफिक प्रमुख जनक भट्टराई , जनप्रतिनिधि यातायात ब्यबसायी लगायतको बाक्लो उपस्थीती रहेको थियो ।

उदघाटन कार्यक्रम लाई सम्बोधन गर्दै मेयर बोहराले  ट्राफिक ब्यवस्थापन गर्न नगरपालिकाले बजेट छुट्यार लागिएको र नगरपालिकामा भौतिक विकास तिव्र गतिले अघि बढिरहेको बताए ।

 

बालाजुु प्रहरी वृतका डिएसपी  रनंजित सिहं राठौरले ट्राफिक ब्ययवस्थापन गन सबै को भुुुमिका महत्त्वपूर्ण हुने बताए ।

मनमैजु , नेपालटारमा बढ्दो जनघनत्व एवं सवारी चाप नियनत्रण गर्ने सो ट्राफिक कार्यलयको भूमिका रहने बिश्वास लिइएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #नेपालटारमा ट्राफिक कार्यलय


तपाईको कमेन्ट लेख्नुहोस्