झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम

टोखा , झोर काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पाटी टोखा १ कमिटिले अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पार्टीका कार्यकर्तालाई संगठित गर्ने उदेश्यले शुक्रबार झोरमा कार्यकर्ता भेलाको आयोजना गरिएको स्थानिय नेता एवं समाजसेवी राजाराम अधिकारीले बताए ।
भेलालाई सम्बोधन गर्दै राप्रपाका नेता राजेन्द्र लिङ्गदेलले राप्रपाले गरेका कामको प्रचार प्रसार गर्दै जनतालाई पाटी प्रतिको विश्वास दिलाउन कार्यकर्तालाई अनुरोध गरेका छन ।
उनले टोखाको विकासका लागि राप्रपाले उल्लेख्य काम गरेको दावि समेत गरे । वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको आरोप छ ।
संघिय प्रणाली नै गलत भएकाले विकास निर्माणका काम अगाडी नबढेको बताउदै प्रदेश सरकार खारेज गर्नुपर्ने उनको माग थियो ।
टोखाका स्थानीय तहले राप्रपालाई काम गर्न रोक्ने प्रयास भइरहेको भन्दै निष्ठासंग काम गरेर देखाउन सो भेलाले चेतावनी दिएको छ ।
सो कार्यक्रममा स्थानिय राप्रपा नेता एवं कार्यकर्ताको बाक्लो उपस्थीती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #झोरमा राप्रपा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्