नुवाकोट तारकेश्वर १ मा नेकपाको अगुवा कार्यकर्ता भेला

नेकपा प्रचण्ड माधव समूहले नुवाकोट तारकेश्वर १ मा आज शनिबारब अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
उक्त भेलामा प्रचण्ड(माधव समूहका जिल्ला सचिवालय सदस्य समर मगर तथा जिल्ला वैकल्पिक जिल्ला सदस्य तारा देबी रिमाल एवं कार्यकर्ताहरुको सहभागिता रहेको सोम तामाङ्गले बताए ।
भेलालाई सम्बोधन गर्दै प्रचण्ड(माधव समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको आरोप लगाए । आफूहरुको लडाइँ कुनै व्यक्ति विशेषकाविरुद्ध नभई प्रवृत्तिकाविरुद्ध भएको उनको भनाइ थियो । संसद विघटनको विरोधमा पार्टीले गरिरहेको आन्दोलनमा सक्रियतापूर्वक सहभागिता जनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
जिल्लामा आफ्नो नेतृत्वको पक्षमा पकड बढाउन गरिएको यो भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोट तारकेश्वर
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्