पुरातात्विक महत्वको बृद्व जस्तो देखिने मूर्ती सहित तीन जना पक्राउ

चितवन । टाँडी प्रहरीले अन्दाजी एक सय बर्ष पुरानो प्राचिन पुरातात्त्विक महत्वको वृद्व जस्तो देखिने मूर्ती सहित तीन जनालाई पक्राउ गरेको छ ।
पुर्वी चितवनको रत्ननगर नगरपालिका वर्डा नम्बर १२ जिरौनास्थित जहारसिंह तामाङको घरमा प्राचिन पुरातात्विक महत्वको मूर्ती बिक्री प्रयोजनका लागी लुकाइछिपाइ राखेको छ भन्ने बिशेष सुचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएका प्रहरी निरीक्षकद्वय रोशन खड्का र प्रकाश शाह ठकुरीको टोलीले जहारसिंह तामाङको घरबाट २७.८२० केजी तौल भएको एक सय बर्षको पुरानो पुरातात्विक महत्वको वृद्वजस्तो देखिने पित्तलको मूर्ती (रेम्वोच) सहित रत्ननगर नगरपालिका १२ जिरौना बस्ने ४७ बर्षीया ठुलोकान्छा तामाङ, सोही ठाउँ बस्ने २७ बर्षीया सुरज तामाङ र रत्ननगर ११ मंगलपुर बस्ने ४७ बर्षीया सरोज बहादुर योञ्जङलाइ पक्राउ गरेको हो । पक्राउ परेका मध्य जनप्रतिनिधि समेत रहेका छन् ।
यता, चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङका अनुसार बिशेष सुचनाको आधारमा जहारसिंह तामाङको घरमा खानतलासी गर्दा उक्त मूर्ती भेटिएको हो । पक्राउ परेकाहरुमाथि प्राचिन स्मारक संरक्षण सम्बन्धि कसुरमा चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गर्ने कार्य सुरु गरिएको (एसपी) गुरुङले जानकारी दिए । प्रचलित कानुन अनुसार उनीहरुमाथि लगाइएको आरोप पुष्टि भए पाँच बर्ष देखी पन्ध्र बर्षसम्म कैद सजाय हुने छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्