१८ केजी लागूऔषध सहित राक्सिराङका २ जना चितवनबाट पक्राउ

चितवन । चितवनमा अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराले आज (शुक्रबार) बिहान साँढे सात बजे राप्ती नगरपालिका वडा नंम्बर ४ स्थित झरना जाने सडकबाट १८ केजी अवैध लागूऔषध सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ्ग ७ गर्लिङ्ग बस्ने ३५ बर्षीया रामकृष्ण प्रजा र उनका छोरा रहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा अवैध लागूऔषध (गाँजा) भेटिएको हो । पक्राउ परेका मध्य निजको छोरा अन्दाजी १२/१३ बर्षको रहेकोले उनको नाम भने प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका दुबैलाई थप अनुसन्धान र आवश्यक कार्वाहीका लागी अहिले इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको प्रहरीले जनाएको छ । आज शुक्रबार पक्राउ परेको र भोलि शनिबार रहेकोले अब आइतबार मात्रै उनीहरुलाइ अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ ।
चितवनमा प्रहरी प्रमुखको नेतृत्व सम्हालेका (एसपी) नान्तीराज गुरुङ पछिल्लोपटक लागूऔषध गाँजा कारोबारी तथा ओसारपसार बिरुद्व निक्कै आक्रमक देखिएका छन् । उनले यस्ता गतिबिधी गर्नेहरुप्रति कठोर कदम चाल्न मातहतका प्रहरी इकाइहरुलाइ निर्देशन दिएसँगै पछिल्लोपटक यहाँका प्रहरीहरुले पनि आफ्नु सक्रियतालाइ बढाउँदै गएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्