Techie IT
शुक्रबार, वैशाख १०,२०७८

बिद्युतचोकमा ट्रिपरले मोटरसाइकललाइ ठक्कर दियो : चालक गम्भीर घाइते


चितवन । पुर्वी चितवनको रत्ननगर नगरपालिका ३ बिद्युत चोकमा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् ।

आज दिउँसो पौने ४ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ ख २३९८ नम्बरको ट्रिपरको ठक्करबाट बिपरित दिशातर्फ आउँदै गरेको बा ४१ प ८६४३ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा नुवाकोट बस्ने अन्दाजी बर्ष २५ / २६ को मोटरसाइकल चालक सुकबहादुर तामाङको गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मोटरसाइकललाइ ठक्कर दिने ट्रिपर र त्यसको चालक इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको जनाइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्