कोरोना भाइरस पछिल्लो नयाँ प्रकारभन्दा अर्काे कयौँ अधिक खतरनाक पुष्टि

बेलायतमा कोरोना भाइरसको फेरि एउटा अर्काे प्रकार प्राप्त भएको छ। जुन पछिल्लो नयाँ प्रकारभन्दा कयौँ अधिक खतरनाक रहेको बताइएको छ।
बेलायतमा जो दुई जनालाई उक्त भाइरस संक्रमण भएको पुष्टि भएको छ, उनीहरू हालैमा दक्षिण अफ्रिकाको यात्रामा गएका थिए।
म्याट हेनककका अनुसार, दक्षिण अफ्रिकामा प्राप्त भएको यो नयाँ प्रकार बेलायतमा प्राप्त भएको पछिल्लो प्रकारको तुलनामा अधिक तीव्र गतिमा फैलिने र अधिक म्यूटेड रहेको छ।
उनले यो नयाँ प्रकारको भाइरसको फैलावटलाई अधिक चिन्ताजनक बताएका छन्
कोरोना भाइरसको यो नयाँ प्रकार सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको हो।
उक्त चिन्तालाई मध्यनजर गर्दै दक्षिण अफ्रिकाको यात्रामा हालका लागि प्रतिबन्ध लगाइएको छ।
यसैगरी, पछिल्लो १५ दिनमा दक्षिण अफ्रिकाबाट फर्किएका वा उनीहरुको सम्पर्कमा आएका मानिसहरुलाई तुरुन्तै क्वारेन्टीनमा बस्नका लागि समेत निर्देशन दिइएको बताइएको छ।
कोरोना भाइरसको यो नयाँ प्रकार दक्षिण अफ्रिकामा पनि गम्भीर चिन्ताको विषय बनेको छ।
दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मिखाइजले उक्त नयाँ प्रकारको भाइरसको चपेटामा आएका युवा र स्वास्थ्य क्षेत्रका मानिसहरु गम्भीर रुपमा बिरामी भइरहेको बताएका छन्।
कोरोना भाइरसको उक्त प्रकारको अध्ययन भइरहेको तर हालसम्म प्राप्त जानकारी अनुसार, यो नयाँ प्रकार कयौँ गुणा तीव्र गतिमा फैलिने बताइएको छ।
एजेन्सी
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना भाइरस
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्