ओलीलाई गृहमन्त्री रामबहादुर थापाको साथ

काठमाडौं, ९ पुस । तटस्थ बसेका नेकपाका नेता एवम् गृहमन्त्री रामबहादुर थापाले आफूलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपालाई साथ दिने अन्तिम तयारीमा छन् ।
प्रधानमन्त्री ओलीसँग बुधबार भेटवार्ता गरेका थापाले आफू निकटका नेताहरूसँग पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई साथ दिन नसकिने जनाएको स्रोतले जनाएको छ ।
गृहमन्त्री थापाले ओलीलाई साथ दिन लागेको समाचारको उनको सचिवलयले पुष्टि भने गरेको छैन ।
नेकपाका लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले गृहमन्त्री थापासँग ओलीलाई साथ दिएर सँगै जान नसकिने बताएका छन् । बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा खरेलले लेखेका छन्, ‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन । तपाईँको प्रगति होस् ।’
खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएको बताएका छन् ।
गृहमन्त्री थापानिकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले थापाले ओलीलाई साथ दिन लागेको जानकारी पाएको बताएका छन् । केसीले आफू ओलीलाई साथ नदिने बताएका छन् ।
गृहमन्त्री थापानिकटका नेताद्वय देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड समूहमा सहभागी भइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओलीलाई गृहमन्त्री रामबहादुर थापा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्