टोखा १० मा विद्यालय पुन संचालनका लागि सरोकारवालाहरु संग छलफल

। टोखा नगरपालिका वडा नं १० को आयोजनामा बिध्यालय पुन: संचालनका लागि सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यलयको सभाहलमा वडा अध्यक्ष मधुसुदन पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य रहेका थिए भने बिशेष अतिथिको रुपमा टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम शिक्षा शाखा अधिकृत लगायत वडा नं १० भित्र संचालित बिभिन्न संस्थागत तथा सामुदायिक बिध्यालयका प्रिन्सिपल, शिक्षक प्रतिनिधि अभिभावक र बिद्यार्थीहरु र सुरक्षा निकायको प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम संचालन वडा सचिब मन्दिरा अर्यालले गरेकी थिइन ।
कार्यक्रममा ‘सहभागिता जनाएका सरोकारवालाहरुले कोरोनाको कारण उत्पन्न विषम परिस्थितिमा आफ्नो संस्थालाई परेको अफ्ठेरोको बारेमा विचार राखेका थिए भने अन्य वैकल्पिक माध्यम बाट पढाइ संचालन गर्दा बिद्यार्थीहरुमा मनोबैज्ञानिक समस्या देखिएको हुँदा स्वास्थ्य मापदण्ड अपनाएर सके सम्म भौतिक उपस्थितिमा बिद्यालय संचालन गर्नु पर्ने धारणा राखेका थिए ।
कोरोना संक्रमण बीच सबै बजार खुलेका छन्। सडक, बजार, सार्वजनिक यातायातमा मानिसहरुको घुइँचो छ। असन, इन्द्रचोक, न्यूरोड बजारमा पुग्दा कोरोना संक्रमण नै भुल्ने भीड देख्न सकिन्छ स्वास्थ्य मापदण्ड समेत पालना गरिएको छैन सबै जसो क्षेत्र खुल्ला हुँदा पनि स्वास्थ्य मापदण्ड पालना गरि बिध्यालय खोल्न नपाउदा सरोकारवालाहरुले दुख ब्यक्त गरेका थिए ।छलफल पश्चात स्वास्थ्य मापदण्ड पुरा गरि भौतिक दुरी कायम गरेर पहिलो चरणमा माथिल्लो कक्षा संचालन गर्ने , स्वास्थ्य सहायता कक्षा संचालन, भौतिक उपस्थितिमा कक्षा संचालन हुन नसकेमा वैकल्पिक माध्यम यथावत राख्ने साथै नगरपालिकाको स्वास्थ्य र वडा समितिले बिध्यालयको अनुगमन गर्ने निर्णय भएको थियो ।
बिध्यालय संचालन बाध्यकारी नभई स्वइच्छाले संचालन गर्न अनुरोध गर्दै वडा अध्यक्ष मधुसुदन पाण्डेले नेपाल सरकार र नगरपालिकाको विद्यालय संचालन कार्यविधि अनुसार विद्यालयहरु संचालन गर्ने वारेमा छलफल केन्द्रित गरिएको जानकारी गराउदै विद्यालयहरुले विद्यार्थी शंख्या र भौतिक पूर्वाधारको आधारमा कार्य ढाचा अन्तर्गत रहेर कक्षा संचालन गर्न अनुरोध गरिएको जानकारी गराए ।
कार्यक्रममा नया प्रशासकीय अधिकृत प्रकाश आचार्यले आयोजकलाइ धन्यबाद दिदै विद्यालयहरुले विद्यार्थी शंख्या र भौतिक पूर्वाधारको आधारमा कार्य ढाचा अन्तर्गत रहेर कक्षा संचालन गर्न सकिने जानकारी गराए। उनले कोरोनाको जोखिमलाइ मध्यनजर गर्दै नेपाल सरकार र नगरपालिकाको विद्यालय संचालन कार्यविधि अनुसार विद्यालयहरु संचालन गर्न सकिने बताए।कार्यक्रममा प्रशासकीय अधिकृत प्रकाश आचार्यलाइ वडा कार्यालय दशले स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए
क्याटेगोरी : समाचार
ट्याग : #विद्यालय पुन संचालन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्