गाँजा फडानीको आज (दोस्रो) दिन : ३० बिगाहमा लगाइएको गाँजा खेती नष्ट

चितवन । चितवन प्रहरीले गाँजा फडानी अभियानलाइ निरन्तरता दिदै आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (आइतबार) देखी सुरु गरिएको गाँजा खेती नष्ट अभियानलाइ आज (सोमबार) पनि निरन्तरता दिइएको हो ।
हिजो (आइतबार) पाँच बिगाहमा लगाइएको दुइ लाख मूल्य बराबरको गाँजाका वोटविरुवाहरु नष्ट गरेको चितवन प्रहरीले आज (सोमबार) मात्रै तीस बिगाहमा लगाइएको करिब २० लाख मूल्य बराबरको गाँजाका वोटविरुवाहरु नष्ट गरेको छ । आज पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ मा रहेको चात्राङ, मात्राङ, घेराङ भन्ने स्थानमा लगाइएको गाँजा खेती नष्ट गरिएको हो । बिहान ७ बजेदेखि सुरु गरिएको गाँजा खेती नष्ट साँझ ५:३० बजे मात्रै सकिएको थियो ।
पुर्वी चितवनको राप्ती नगरपालिकाको वर्डा नम्बर ११, १२ र १३ का विभिन्न स्थानहरुमा अवैध रुपमा गाँजा खेती हुने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट (डिएसपी) सुर्य बहादुर थापाको कमान्डमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक रोशन खड्का, इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरी समेत गरी ७० जनाको प्रहरी टोली त्यसतर्फ खटिदै आएको छ । हिजो (आइतबार) देखी तीन दिनका लागी भन्दै राप्ती नगरपालिका तर्फ गएको टोली गाँजा छ्याप्छ्याप्ती भेटिन थालेपछि आगामी बिहीबार साँझ मात्रै सदरमुकाम फर्किने भएको छ ।
टोलीले वडाका ती बस्तीहरुमा स्थानीयहरुसंँग यसबाट समाज र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर, कानुनी परिणामबारे अन्तरक्रिया गरी सचेत गराएकाे छ । लागूपदार्थ उत्पादन, बेचबिखन र ओसारपसारले समाजलाइ नकरात्मक दिशातर्फ लैजाने र यस्को सेवन गर्नु, गराउनु दुवै दण्डनीय रहेकोले कहि कतै यस्तो गतिविधी भएको पाइए तत्काललै नजीकैको प्रहरी कार्यालयलाइ सुचना दिएर सहयोग गर्न समेत चितवन प्रहरीले सबैमा अपिल गर्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्