बालाजु बाइसधारा क्षेत्रको शिवालयमा ५०० बिरुवा गुर्जो रोपियो

बालाजु बाइसधारा उद्यान नजीकको शिवालय क्षेत्रमा गुर्जोको ५०० बिरुवा रोपिएको छ । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाललगायत स्थानीयवासी गुर्जो रोपण कार्यक्रममा सहभागी थिए ।
गुर्जोको बिरुवा देशव्यापीरुपमा रोपण अभियानमा लाग्नुभएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराउनुभएको थियो । राजश्व कार्यालय लहानमा हुँदादेखि नै त्यहाँको सरकारी निवासमा बिरुवा उत्पादन गरी निःशुल्क वितरण अभियानमा लाग्नुभएको छ । राजलवटले हालसम्म देशका विभिन्न भागमा गरी एक लाख ४० हजार भन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ ।
गुर्जोको बिरुवा वितरण गरिएका स्थानमा गुर्जोबाट बनेको धुलो, चिया, डाँठसमेत वितरण गर्दै आएको उहाँले बताउनुभयो । देशभर एक घर एक गुर्जोको बिरुवा हुनुपर्ने उहाँको भनाइ छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने औषधीय गुणयुक्त वनस्पति गुर्जो कोरोना भाइरसबाट बच्न शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य संस्कृतमा अमृता भनिने गुर्जोले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने बताउनुहुन्छ ।
सो अवसरमा बालाजु २२ धारा टोलवासीलाई पनि ५०० गुर्जोको बिरुवा हस्तान्तरण गरिएको थियो । जसलाई स्थानीयवासीले घरघरमा रोप्ने जनाइएको छ । कार्यक्रममा रािष्ट्रय योजना आयोगका सहसचिव तथा योग शिक्षक किशोर जोशीले गुर्जोको औषधीय महत्वका विषयमा जानकारी गराउनुभएको थियो । गुर्जो पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाबाहेक सबैले सेवन गर्न सक्नेछन्
। कोरोना महामारी फैलिएपछि गुर्जोको बिरुवा घरमा रोप्ने र यसको धुलो, चिया, डाँठलगायत सेवन गर्नेको सङ्ख्या बढेको छ । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन भूमिमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने मान्यताअनुसार नेपालको अधिकांश भूगोलमा हुने गुर्जो यहाँका मानिसका लागि औषधिको काम गर्ने भएकाले यसको संरक्षण गरिनुपर्नेमा वृक्षरोपण कार्यक्रममा जोड दिइएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #गुर्जो रोपियो
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्