अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गर्न (डिएसपी)को टोली राप्तीमा

चितवन । अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गर्न जिल्ला प्रहरी कार्यालय चितवनको टोली राप्ती नगरपालिका तर्फ गएको छ । आज बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय चितवनबाट (डिएसपी) सुर्य बहादुर थापाको कमान्डमा जिल्लाबाट मात्रै ३५ जना प्रहरीहरु त्यसतर्फ गएको हो ।
स्रोतका अनुसार इलाका प्रहरी कार्यालय भण्डाराबाट समेत प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा थप टोलीलाइ लिएर बिहान १० बजे राप्ती नगरपालिकाको वर्डा नम्बर ११, १२ र १३ तर्फ प्रहरी गएको बताइएको छ ।
केहि दिन अघि मात्रै चितवन प्रहरीले पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ स्थित डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्किडाँडा, वडा नम्बर १२ स्थित कोधानवाङ गैरी, यौरेलीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नंम्बर १३ स्थित कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला लगायतका विभिन्न स्थानहरुबाट ५० विघामा लगाइएको अन्दाजी ३६ लाख बराबरको अवैध गाँजा खेती समेत नष्ट गरेको थियो ।
वडाका ती बस्तीहरुमा स्थानीयहरुसंँग यसबाट समाज र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर, कानुनी परिणामबारे अन्तरक्रिया गरी सचेत गराउने कार्य समेत रहेकाे बताइएको छ । लागूपदार्थ उत्पादन, बेचबिखन र ओसारपसारले समाजलाइ नकरात्मक दिशातर्फ लैजाने र यस्को सेवन गर्नु, गराउनु दुवै दण्डनीय रहेकोले कहि कतै यस्तो गतिविधी भएको पाइए तत्काललै नजीकैको प्रहरी कार्यालयलाइ सुचना दिएर सहयोग गर्न समेत चितवन प्रहरीले सबैमा अपिल गर्दैआएको छ । गाँजा फडानी गर्न गएको टोली आगामी (मंगलबार) मात्रै सदरमुकाम फर्किने कार्यतालिका रहेको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #गाँजा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्