गुर्जे भन्ज्याङ्गमा खुल्यो मामाघर होमस्टे

हरि भेटुवाल
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जेमा मामाघर होमस्टे सञ्चालनमा आएको छ।शिवपुरी ६ समुन्द्रादेविका लक्ष्मण सिटाैला नेपाल वायुसेवा निगममा ३३ बर्ष सरकारी सेवा गरि उपसचिव तहमा पुगि अवकाश रोजेर अहिले उहाँले होमस्टे सञ्चालन गरेका हुन। अवकाश रोज्नुको पछाडी उहाँको एम फिल अध्ययन सगै अगाडि बढाइरहनु भएको एल एल बि, पुस्तक लेखन तथा चलचित्र नै थियो।
अहिले कोरोनाको चपेटामा बिश्व नै अक्रान्त बनिरहेको अबस्थामा । यसबाट नेपाल पनि अछुतो रहन नसकेको अबस्थामा । सारा मुलुक लकडाउनमा करिब ६ महिना अल्मलियो। यो शुन्य समयको सदुपयोग गर्दै उहाँले शिवपुरी गाउँपालीकामा सामुदायिक होमस्टे निर्माणको सपना देखे र स्थानीयहरु सग कुरा पनि अगाडि बढाए। स्थानीयहरु त्यति सकृय रूपमा अगाडि बढन समय लाग्ने भएकोले पहिला सुरुवात आफैबाट किन नगर्ने भन्ने कुरा बाट प्रेरित भै मामाघर होमस्टेको अवधारणा ल्याएको लक्ष्मण सिटौला बताउनु हुन्छ । सिटौला भन्नुहुन्छ लकडाउनका कारण एम फिल अध्ययन पनि अगाडि बढेन र आफ्नै गाउँमा पर्यटनको क्षेत्रमा केही गरु भन्ने अठाेट गरे र करिब डेढ करोडको लगानीमा “मामाघर होमस्टे ” निर्माणमा जुटे ।
उन्ले स्थानीय दुई जनालाई प्रत्यक्ष रोजगारी पनि दिनु भएको छ।
शिवपुरी गाउँपालिका पर्यटन प्रवर्द्धनका दृष्टिकोणले अत्यन्तै उर्वर भुमी हो। काठमान्डु बाट दुरिको हिसाबले जम्मा १३ किलोमिटर मात्रै छ ।उक्त स्थान बाट विभिन्न हिमाल हरुको दृश्य अवलोकन पनि गर्ने सकिन्छ ।
होमस्टेलाइ चाहिने पुर्वाधार भनेको सडकको पहुँच , बिजुली , स्थानीय उत्पादन , मौलिक सस्कृती , सरसफाइ , शान्ति र सुरक्षा नै हो भन्नुहुन्छ उहाँ र भोलिका दिनमा शिवपुरी गाउँपालिकाको८ वटै वडामा सामुदायिक होमस्टे खोल्नका लागि आफुले सक्तो सहयोग गर्ने स्थानीयलाई तालीम समेत दिने कुरा उहाँ बताउनुहुन्छ।
आफ्नो ३३ बर्षको जागीरे जीवन पनि पर्यटन र अन्तर्राष्ट्रिय हवाई यातायात सग निकट रहेर काम गर्नु भएका लक्ष्मण सिटाैलाका २१ वटा किताब र दुइटा चलचित्र प्रकाशित छन। उहाँमा लामो पत्रकारिताको अनुभव बिदेशमा काम गरेको अनुभव समेत रहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #मामाघर होमस्टे
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्