घट्दै कोरोना सङ्क्रमण : बढ्दै निको हुने दर

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका महिनामा पाँच हजारको परीक्षणमा दुई हजार माथि नै सङ्क्रमण दर रहेकोमा अहिले घटेर पाँच सयदेखि एक हजारसम्म सङ्क्रमण दर सीमित रहनु सुखद खबर रहेको जनस्वास्थ्य विज्ञको भनाइ छ ।
निको हुने दरमा क्रमशःवृद्धि हुँदा सकारात्मक परिणाम देखिँदै आएको उहाँहरुको बुझाइ छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मात्रै पाँच हजार ७०६ को परीक्षण गर्दा जम्मा ७८२ मा मात्रै सङ्क्रमण देखिएको छ । जसमा ३०५ महिला र ४७७ पुरुष छन् । गएको २४ घण्टामा मात्रै एक हजार २९ निको भएका छन् । यसले सङक्रमण दरभन्दा निको हुने दर बढ्दो क्रममा रहेको देखिएको छ ।
सङ्क्रमितमध्ये निको हुने दर वृद्धिहुँदै ९५ दशमलव ६ प्रतिशतमा पुगेको छ । यसले कोरोनाबाट उच्च सावधानी अपनाउँदा जोखिमबाट जोगिन सक्ने तथ्याङ्कले पुष्टि गर्छ । हालसम्म मुलुकभर दुई लाख ५२ हजार सङ्क्रमति भएको विवरण छ । निको हुनेको सङ्ख्या दुई लाख ४१ हजार पुगेको छ । आइसोलेसनमा नौ हजार ३१७ सङ्क्रमण पुष्टि भएको थियो । हालसम्म कोभिड–१९ भएका एक हजार ७६५ को मृत्यु भएको छ ।
आजमात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । हाल ४२७ क्वारेन्टिनमा रहेक छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #घट्दै कोरोना सङ्क्रमण
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्