सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम र भीडभाड

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेसँगै सडकमा जाम र भीडभाडका कारण स्वास्थ्य चुनौतीसमेत थपिएको छ । मङ्सिरदेखि नै सबै क्षेत्र खुल्न थालेपछि जोरबिजोर प्रणाली कायम गरी सवारी चलाउँदा भीड बढेर कोरोना फैलने खतरा बढेपछि सबै चल्न दिएको यातायात व्यवस्था विभागले जनाएको छ । सबै यातायात चल्न थालेपछि अनुगमनलाई पनि बढाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले राससलाई जानकारी दिनुभयो ।
सबै सञ्चालनमा आएपछि बिहान बेलुका कार्यालय जाने आउने समयमा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेको छ । राजधानीमा सडक विस्तार एवं निर्माण र मर्मतसम्भारका कामसमेत भइरहेकाले पनि सबै सवारी नौ महिनापछि सञ्चालनमा आउँदा कोरोना महामारी छैन कि जस्तो लाग्न थालेको यात्रु शुक्रबहादुर तामाङले बताउनुभयो । सबै सवारी सञ्चालनमा आउन थालेपछि सीट क्षमताअनुसार मात्र यात्रु राख्न दिए स्वास्थ्य सुरक्षा कायम गर्न सकिने अधिकांश यात्रुको भनाइ छ ।
यसतर्फ विभागले ध्यान दिनुपर्ने यात्रु तामाङको माग छ ।
सार्वजनिक सवारीमा परिचालकले यात्रु कोच्ने गरेकाले कोरोनाबाट जोगिन मुस्किल हुने देखिएको यात्रु गीता सापकोटाको गुनासो छ यात्रु ओर्लने बेलामा परिचालक ढोकामै बस्ने, परिचालकले मास्कसमेत नलगाउने, चालकले समेत ट्राफिकको नजिक पुगेपछि मात्र मास्क लगाउने जस्ता गतिविधि सार्वजनिक यातायातमा देखिन थालेको उहाँको भोगाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सडकमा जाम र भीडभाड
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्