फेसबुकमा (फेक) आइडी बनाइ अश्लील सामाग्री पठाउने चितवनका एक युवक पक्राउ

चितवन । सामाजिक सञ्जाल फेसबुकमा (फेक) आइडी बनाइ अश्लील सामाग्री पठाउने चितवनका एक युवक पक्राउ परेका छन् । कसरा (नाम परिवर्तित) एक महिलालाई यौनजन्य, अश्लील सन्देश तथा तस्वीर पठाउने, यौन अश्लीलतायुक्त अनर्गल सामाग्री पोस्ट गरी अपमान गर्ने र हैरानी दिने जस्ता कार्यमा संलग्न रहेको आरोपमा चितवनको माडी नगरपालिका ६ कल्याणपुरका ३५ बर्षीया थम बहादुर बिश्वकर्मालाइ साइबर ब्यूरोले पक्राउ गरेको हो ।
उनलाइ जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा चितवनबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं सुचना अधिकारी नविन्द्र अर्यालले जानकारी दिए । पक्राउ परेका बिश्वकर्मालाइ बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुरमा पक्राउ गरिएको र उनी माथि ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको समेत ब्यूरोका प्रवक्ता अर्यालले जानकारी दिए । पीडित युवतीले उजुरी गरेको एक साताभित्रै फेसबुकसंगको समन्वयमा बिकलाइ आफूहरुले पक्राउ गर्न सफल भएको ब्यूरोले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्