प्लटिङ तथा बालुवाकाे अबैध उत्खननका बारेमा समाचार लेख्दा ज्यान मार्ने धम्की

बुढानिलकण्ठ नगरपालिकामा भैरहेका अबैध बालुवा उत्खनन् तथा डाँडाे भास्ने, खाेला मास्ने विषयमा लगातार कलम चलाइरहेका काठमाण्डु खबरका प्रधान सम्पादक केशवराज पाठकमाथि ज्यान मार्ने धम्की आएकाे छ ।
पुष १ गते बिहान बुढानिलकण्ठ नगरपालिका वडा नं १३ स्थित काैडाेलमा रहेकाे एक प्लटिङ नजिक वनमा दुइजना मुखुण्डाे लगाएका मानिसले याे प्लटिङ हाम्राे तैँले ज्यान फाल्न निहु खाेजिस् अब के के हुन्छ हेर्दा जा भनेर धम्की दिएका थिए । कालाे रंगकाे २८२९ नम्बरकाे मधुर अक्षरले लेखिएकाे माेटर साइकलमा बाटाे ढुकेर बसेका दुइजना नै हरियाे रंगकाे उनीकाे नकाब लगाएका थिए । एकजनाले कालाे रंगकाे लामाे ज्याकेट लगाएकाे थियाे भने एकजना हरियाे रंगकाे ज्याकेट लगाएकाे थियाे ।
उनीमाथि ज्यान मार्ने धम्की दिँदै दुइजना नै तारेभीरतिर लागेका थिए । धम्की दिएपछि पाठकद्वरा स्थानीय प्रहरी प्रशासनमा शान्तिसुरक्षाकाे लागि निवेदन दिएका छन् । त्यसैगरी स्थानीय नगरपालिकामा पनि मेयर लगायतलाइ याे बारेमा जानकारी दिएका थिए । पाठकले नियमितरूपमा वन, वनपैदावार तथा वन्यजन्तुकाे संरक्षणका बारेमा लेख्दै आउँदा धेरै प्लटिङ एवम् बालुवा धुने काम गर्नेहरूलाइ असहज भैरहेकाे थियाे ।
बुढानिलकण्ठ १३ काैडाेलकाे प्लटिङबाट बालुवा बेचिएकाे र साेका कारण वातावरण एवम् भाैगाेलिक अबस्थामा समस्या आउने भनेर राेकि पाठकले आफैले स्थानीय नगरपालिका तथा जिल्ला वन कार्यालयमा निवेदन दिएका थिए ।
यस बारेमा बुढानिलकण्ठ प्रहरी प्रभागमा शान्तिसुरक्षाकाे मागसहित पाठकले निवेदन दिएका छन् भने नगरपालिका मेयर तथा उपमेयरलाइ ज्यान मार्ने धम्कीका बारेमा जानकारी दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #समाचार लेख्दा ज्यान मार्ने धम्की
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्