Techie IT
सोमबार, असोज १५,२०८०

झोर अवस्थीत भण्डारे मुहानमा लाखौं लिटर रिर्जभ ट्याङ्गी बनाउन निरिक्षण


राजाराम अधिकारी /  झोर

झोर काठमाडौ । टोखा नगरपालिका भित्र खानेपानीको समस्या हल गर्ने झोर अवस्थीत भण्डारे मुहानको निरिक्षण भएको छ ।

 

बुधबार टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , उपमेयर ज्ञानमाया डंगोल , वडा अध्यक्ष श्रीकृष्ण अधिकारी , काठमाडौ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी प्रमुख , प्रबक्ता बच्चुराज बस्याल लगायतको टोलीले शिवपुरीको काखमा रहेको प्राकृतिक पानी मुहानको निरिक्षण गरिएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।

 

भण्डारे मुहानमा लाखौं लिटर रिर्जभ ट्याङ्गी बनाउन नगरपालिकाबाट बजेट बिनियोजन गरि यथासिघ्र कार्यान्वयन गर्ने मेयर प्रकाश अधिकारीले साझापाना अनलाइनलाई बताए ।

काठमाडौ उपत्यका खानेपानी लिमिटेड संगको सहकार्यमा साबिक झोर गाबिस वडा नं ४ को किता नं ९७ को ८ रोपनी १२ आना २ पैसा क्षेत्रफलमा
रिर्जभ ट्याङ्ग निमार्ण गरिने मेयर अधिकारीले बताए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #झोर अवस्थीत भण्डारे मुहान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Light Rain
5:56 am5:49 pm +0545