काठमाडौँबाट आरूघाट जाँदै गरेको बस तान्द्रांग भीरबाट खस्यो

१ पुस, काठमाडाैँ । काठमाडौँबाट आरूघाट जाँदै गरेको बस भीरबाट खसेको छ । आरूघाट गाउँपालिकाको सोती जादै गरेको बस तान्द्रांगमा भीरबाट खसेको प्रहरीले जनाएको छ । बिहानको राति करिब ४ः ३० बजे बस भीरबाट खसेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालका अनुसार बस सडकबाट करिब २० मिटर तल खसेको छ । दुर्घटनामा परि धार्चे गाउँपालिका–६ का बर्ष ५० का सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ बर्षका उत्तम पुडासैनी, बर्ष ३० का मनोज पुडासैनी, बर्ष २९ का उज्वल पुडासैनी, धार्चे गाउँपालिका केरौजाकी ३२ बर्षिय कान्छी गुरुङ गम्भीर घाइते भएका छन् ।
घाइते सवैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाई छ । बसमा ३५ जना यात्रु सवार थिए । गम्भीर घाइते मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं पठाइको छ भने २ जनालाई गोरखा अस्पताल ल्याइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बस तान्द्रांग भीरबाट खस्यो
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्