माडीका प्रहरी प्रमुख झलकको एक्सन: भन्सार छली औषधी सहित ८ जना पक्राउ

चितवन । चितवनमा भन्सार छली ल्याउँदै गरेको करीब ३१ लाख मूल्य बराबरको औषधी सहित ८ जनालाई माडी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक शर्माको कमान्डमा खटिएको प्रहरीको टोलीले आज बिहान ८:४० बजे माडी नगरपालिका वडा नं.९ सोमेश्वरमा ठोरीबाट माडी तर्फ आउँदै गरेको ना ४ ख ४४२५ नम्बरको सार्वजनिक यातायात रोकेर चेकजाँच गर्ने क्रम्मा नेपाल भित्र्याइएको विभिन्न १२ थरीका औषधीसहित ८ जनालाई पक्राउ गरेको हो ।
सो गाडीमा सवार राजकुमार महतोले गाडीको पछाडी डिक्कीमा बोरामा राखी ल्याएको अवस्थामा बिभिन्न किसिमका औषधीहरू फेला पारी बरामद गरेको थियो । अनुसन्धानको क्रममा माडी ३ बस्ने बालकृष्ण महतो र मिलन महतोको घरमा लुकाईराखेको अवस्थामा बिभिन्न किसिमका थप औषधीहरू फेला पारी बरामद गरिएको हो ।
पक्राउ पर्नेहरुमा कालिका नगरपालिका वडा नं.४ बस्ने बर्ष २८ को राज कुमार महतो, माडी नगरपालिका वडा नं.३ बघौडा बस्ने बर्ष २२ को बालकृष्ण महतो र बर्ष २२ कै मिलन महतो, कालिका नगरपालिका वडा नं.३ बस्ने बर्ष ३१ को हरिशरण चौधरी, मकवानपुर गढी गाउँपालिका वडा नं.८ बस्ने बर्ष २५ को सुरज गौतम, वडा नं.३ बस्ने बर्ष २३ को प्रकाश दाहाल, हेटौडा उपमहानगरपालिका वडा नं.५ बस्ने बर्ष २५ को उज्वल पोख्रेल, हेटौंडा उपमहानगरपालिका वडा नं.२३ बस्ने बर्ष २३ को बिपिन सापकोटा रहेका छन् । उनीहरु सबै बिद्याथी हुन् ।
पक्राउ परेकाहरुलाइ आवश्यक अनुसन्धान तथा कारबाहीको लागी औषधी व्यवस्था बिभागसंग समन्वय भईहेको प्रहरीले जनाएको छ । उक्त औषधिहरु नेपालमा प्रतिबन्धित नेट ओर्किङ बिजनेशमार्फत सर्बसाधारणलाई ठगी गर्ने गरी बिक्रिवितरण गर्नको लागी ल्याईएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्