अवरुद्ध सार्क सम्मेलनका निम्ति सहमति जुट्नुपर्नेमा नेपालको जोड

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अवरुद्ध १९औँ शिखर सम्मेलन यथाशक्य चाँडो आयोजना गर्न सदस्य राष्ट्रहरुबीच सहमति जुट्नुपर्नेमा नेपालले पुनः जोड दिएको छ ।
सार्क सचिवालयमा आज भएको कार्यक्रम समितिको अप्रत्यक्ष बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले नेपालको परराष्ट्र नीतिले क्षेत्रीय सम्बन्ध र सहयोग विस्तारका लागि विशेष जोड दिएको बताउँदै सार्क क्षेत्रका सबैको समृद्धिका लागि व्यापार, वित्त, आर्थिक एकीकरण, सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध अभिवृद्धि हासिल गर्न एकजुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सार्कका महासचिव इशाला रुवान विराकुनले कोभिड–१९ को महामारीका कारण जनधनको क्षति भएका सदस्य राष्ट्रप्रति समवेदना व्यक्त गर्दै महामारीलगायत क्षेत्रीय स्वास्थ्य समस्या समाधान गर्न सार्कको महत्व अधिक रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #सार्क सम्मेलन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्