शीतलहर तथा हिमपातबाट नागरिकलाई जोगाउन गृहको यस्तो छ योजना

गृह मन्त्रालयले जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्ग दर्शन २०७७’ स्वीकृत गरी लागू गरेको छ ।
जाडो मौसम शुरु भएसँगै शीतलहर र हिमपातबाट जनधनको क्षति रोक्न मार्गदर्शन जारी भएसँगै ७७ वटै जिल्लामा चरणबद्ध रुपमा पूर्व तयारीका कार्यक्रम शुरु भएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सूचना सङ्कलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहालेमा उद्धार, राहत वितरण तथा पुनःस्थापनका कार्यक्रम तय गरी तयारी थालिसकिएको जानकारी दिनुभयो ।
स्थानीय र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अबस्था अध्ययन गरी विवरण सङकलन गर्ने, साधनस्रोतको कमी रहे÷नरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्ने मार्गदर्शनमा उल्लेख छ । तल्लो तहबाट आएको प्रतिवेदनका आधारमा सङ्घीय सरकारबाट आवश्यक सहयोग तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।
केही अघि बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सबै जिल्लाका स्थानीय तहलाई आवश्यक तयारीमा लाग्न निर्देशन दिइसकेको छ । त्यसका लागि जिम्मेवार निकायको रुपमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यावस्थापन समितिलाई तोकिएको छ । सहयोगीका रुपमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति रहेको मार्गदर्शनमा उल्लेख छ । यस्तै राहत, आश्रयस्थलको व्यवस्थापकीय कार्यसमेत तत्काल प्रबन्ध गर्ने गरी कार्यक्रम अघि बढेको पोखरेलले बताउनुभयो । सोही व्यवस्थापन र अवस्था अध्ययनका लागि हालै मात्र शीतलहरबाट बढी प्रभावित हुने तराईका विभिन्न जिल्ला पुगेर प्राधिकरणले छलफल चलाएको उहाँले जानकारी दिनुभयो ।
विगत १० वर्षको तथ्याङ्क हेर्दा मुलुकमा शितलहरका कारण ११६ जनाले ज्यान गुमाएका छन् । विसं २०७१ असोज २८ मा मनाङ, मुस्ताङलगायतको हिमाली क्षेत्रमा आएको हिमआँधी ९हुदहुद० का कारण ४३ जनाको ज्यान गएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । जसमध्ये २१ जना पदयात्री रहेका थिए । त्यहाँ ५० जना हराएका थिए भने ४०० जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ ।
शीतलहर र हुस्सु तथा हिमपातका कारण ठूलो भौतिक तथा अन्य क्षति भए पनि ठोस अभिलेख भने नभएको प्राधिकरणले जनाएको छ ।
यसवर्ष थप चुनौतीपूर्ण
यसवर्ष भने मनसुनजन्य विपद्मा परेर धेरैको ज्यान गएको र घरबार विहीन भएको अवस्था छ । प्राप्त विवरणअनुसार विभिन्न विपद्जन्य घटनामा वैशाख यता मात्रै ४८६ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण ज्यान गुमाएका परिवार र घरबारविहीन नागरिक अझै पनि अस्थायी आश्रयस्थलमा रहेका छन् । उनीहरुलाई जाडोको समयमा थप समस्या पर्ने भएकाले अवस्था चुनौतीपूर्ण रहेको देखिएको छ । त्यसमा पनि ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी तथा गर्भवती थप सङ्कटमा छन् ।
कोठा तातो बनाउन आगो ताप्दा निसासिएर मृत्यु तथा घाइते हुने गरेको छ । आगलागीबाट जनधनको क्षति भएको छ । कोभिड–१९ सङ्क्रमणको अवस्था कायमै रहेका बेला जाडो बढेसँगै दोहोरो चुनौती खडा भएकाले विशेष ध्यान दिनुपर्ने विपद्सम्बन्धीको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बताउनुभयो ।
गृह मन्त्रालयले न्याना कपडा लगाउन, धेरै चिसोमा नहिँड्न, आगो बालेर कोठा बन्द गरेर नबस्न सर्वसाधारणमा अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृह मन्त्रालय
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्