अब विदेश जाँदा पाँच हजारमात्र बोक्न पाउने

नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ ।
केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो ।
आजदेखि लागू हुने सो नीतिअनुरुप नेपाली रुपैयाँ पाँच हजारसम्म वा अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबरको विदेशी मुद्रा र धारक विनिमय अधिकारपत्र नेपालबाट विदेश लैजान र विदेशबाट नेपाल ल्याउन सकिने सीमा निर्धारण गरेको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले उल्लेख गर्नुभएको छ ।
कुनै पनि व्यक्तिले आफ्नो देशबाहिर जाँदा त्यस्तो मुद्रा वा धारक विनिमय अधिकारपत्रको विवरण भन्सार अधिकृत र कार्गो, कुरियर हुलाकमार्फत् भए सम्बन्धित कार्यालयसमक्ष तोकिएको ढाँचामा उद्घोष गर्नुपर्ने बैंकले जानकारी गराएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्