तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २००० नाघ्यो

काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २००३ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारीअनुसार ८२५ महिला र ११७८ पुरुष रहेका छन् ।
वडा नं. ८ मा २६३ जनामा कोरोना संक्रमण देखिएको छ भने २१७ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा २६७ जना र निको हुनेको संख्या २३९ पुगेको छ । वडा नं. १० मा ३१० जना जसमा २७७ जना निको भएका छन् । वडा नं. ११ मा ३४० जना ३०६ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ३ महिला र ६ पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ३० जना पुगेको छ निको हुनेको संख्या २९ जना, वडा नं. २ मा ९४ जनामा ७७ जना निको भइसकेका छन् । वडा नं. ३ मा ४७ जना जसमा ४१ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ। वडा नं. ४ मा १९७ जना जसमा १८१ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा १६० जना जसमा १३७ जना निको भएका छन् । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ६ मा १८५ जनामा कोरोना संक्रमण देखिएको छ भने १६० जनाको निको भएको छ । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ७ मा ११० जनामा कोरोना संक्रमण देखिएको छ जसमा ८९ जना निको भएका छन् ।
होटल आइसोलेसनमा १ जना र १ जना अफिस आइसोलेसनमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट ६६८ जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।
तारकेश्वर नगरपालिकाले अहिलेसम्म ३२६६ जनाको पिसिआर परिक्षण गरेको छ । तारकेश्वर नगरपालिकामा २२३ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा १३ जना रहेका छन् । कोभिड सेन्टरमा ६ जना रहेका छन् ।
निको हुनेहरुको संख्या ७३२ महिला र १०२१ पुरुष गरी १७५३ जना रहेका छन् । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ९१ र पुरुष १५३ जना गरी २४४ जना पुगेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिकामा कोरोना
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्