चितवनमा बिप्लव माओवादीका सक्रिय कार्यकर्ता पक्राउ

चितवन । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका संगठित सक्रिय कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले गत, मंसिर ७ गते रत्ननगर नगरपलिका वडा नंम्बर ११ बस्ने प्रकाश चन्द्र ढकाललाई भरतपुर महानगरपालिका वडा नंम्बर ६ बुद्धचोकबाट पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा रहेका ढकाललाइ नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रम्मा उनको साथबाट हंसिया हथौडा अंकित झण्डा थान ३, सातौं पार्टी पुनर्गठन दिवश भव्यरुपमा सफल मनाऔं लेखिएको ब्यानर, रसिद ठेली, पम्पलेट, केही किताव तथा दस्ताबेज सहित उनलाइ पक्राउ गरिएको हो । पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ६मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ७राष्ट्रिय एकता
- ८नेकपा शिवपुरी सिंगो गाउँपालिका प्रचण्ड–माधव समूहमा
तपाईको कमेन्ट लेख्नुहोस्