Techie IT
शनिबार, कात्तिक ६,२०७८

९७ लाख रुपैयाँँ नगद चोरी गर्ने एक जना पक्राउ


चितवन । नगद चोरी गर्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ्गका अनुसार भरतपुर महानगरपालिका ९ काँडाघारीमा रहेको एपोलो पेन्टसको कार्यालय भवनको कोठाभित्र रहेको सेफ (लकर) फुटाई ९७ लाख रुपैयाँ चोरी गर्ने  कालिका नगरपालिका वर्डा नंम्बर ६ बस्ने वर्ष ४० का कविराज थापालाइ प्रहरीले पक्राउ गरेको हो ।

उनलाइ अस्थायी प्रहरी पोस्ट गोन्द्राङ र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलिले पक्राउ गरेको हो । पक्राउ परेका थापाले आफ्नु कोठाको खाटमुनी झोलाभित्र लुकाइ राखेको ५७ लाख र सोही घरको पर्खाल नजिकै झाडीको प्लाष्टिक बोरा भित्र लुकाएको ४० लाख समेत गरेर ९७ लाख रुपैयाँ समेत प्रहरीले फेला पारेको छ ।

उनको साथबाट हेक्सा ब्लेड, फ्रेम सहित १ थान, फलामको रडबाट बनेको खुर्पी २ थान, पहेंलो / निलो रंगको झोला १ थान सामान समेत बरामद गरेको प्रहरीले जनाएको छ । उनी सोही कार्यालयको सेक्युरिटी गार्डमा कायारर्त रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । पक्राउ परेकामाथि थप चितवन जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीको भनाई छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्