किरात राई यायोक्खा खोटाङले प्रदेश नम्बर १ का प्रमुखसमक्ष प्रदेशको नाम किराँत राख्न माग गरेको छ । प्रदेशको नामकरणका विषय टुंगो लगाउने समय नजिकिँदै गर्दा किरात राई यायोक्खा खोटाङले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत बुधबार प्रदेश प्रमुखलाई अवधारणापत्र पठाएको हा े। यायोक्खाले ऐतिहासिक भूगोल, भाषा, संस्कृति, सभ्यता, आदिम थातथलो र साझा पहिचानका आधारमा प्रदेशको नाम किरात राख्नु सबैभन्दा उत्तम विकल्प भएको दाबी गरेको छ । प्रदेशको नाम किरात राख्न उपयुक्त हुने ६ वटा आधार उल्लेख भएको अवधारणा पत्र यायोक्खा खोटाङकी अध्यक्ष अञ्जना राईले प्रमुख जिल्ला अधिकारी पौडेलमार्फत प्रदेश प्रमुख समक्ष पठाएकी हुन् ।प्रदेशको नाम किरात राख्ने आधारका बारेमा यायोक्खाले जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङलाई बोधार्थ दिएको छ । किरात राई यायोक्खा खोटाङले प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा गत चैतमाा जिल्लामा हस्ताक्षर अभियान पनि चलाएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्