तारेकेश्वरको निरीक्षणमा काठमाडौं महानगरपालिका प्रमुख शाक्य

।काठमाडौं महानगरपालिका प्रमुख बिद्या सुन्दर शाक्य सहितको टोलीले तारेकेश्वर नगरपालिकामा काठमाडौं महानगरपालिका संगको साझेदारीमा निर्माण भईरहेको कार्यहरुको योजना अवलोकन गर्नुको साथै तारेकेश्वर धामको अवलोकन गरेका छन।
नगर प्रमुख शाक्य सहित उप प्रमुख हरिप्रभा खड्की प्रमुख कार्यकारी अधिकृत तथा तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोरा कार्यकारी अधिकृत शिव लम्साल, तरकेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौला , नगर प्रवक्ता बिदुर सापकोटा सहितका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
तारकेश्वरको पांच माने देखि ऐतिहासिक तारकेश्वर मन्दिर जाने सडकमा अहिले पक्की खुड्किला बिश्रामस्थल तथा भ्युटावर बन्दै छ उपत्यका भित्र रहेको धार्मिक एबम पर्यटकीय गन्तब्यको रुपमा समेतपरिचित सो धाम व्यवस्थापनका लागि २ करोड रुपैया बिनियोजन भएको छ। जसको लागि काठमाडौं महानगरपालिकाको तर्फ बाट १ करोड र तारकेश्वर नगरपालिका बाट १ करोड विनियोजन भएको हो ।
अवलोकन पश्चात महानगरका नगर प्रमुख शाक्यले तारकेश्वर धार्मिक तथा पर्यटकीय दृष्टिकोणको महत्वपुर्ण रहेको बताए । काठमाडौं बाट छोटो दुरीमा रहेको तारकेश्वर धाम एक पटक सबैजना पुग्नै पर्ने स्थान रहेको बताउदै काठमाडौंबासी टाढा टाढा घुम्न जाने तर नजिकमै रहेको यस्ता एतिहासिक ठाउमा घुम्ने प्रवृत्ति कम रहेको भन्दै नजिकमा रहेका यस्ता स्थानको प्रवर्धन गर्नको लागि पनि एक पटक घुम्न अनुरोध गरेका छन ।
काठमाडौं महानगरपालिका अरु नगरपालिका भन्दा पुरानो नगरपालिका भएको हुँदा अन्य नगरपालिकाको तुलनामा साधन स्रोत पनि भएको नाताले छिमेकि नगरपालिकालाइ सहयोग गर्नु उसको दायित्व र जिम्मेवारी भित्र पर्ने भएकोले सो जिम्मेवारी निर्वाह गरिरहेको बताए ।काठमाडौं बाट नजिकको धार्मिक तथा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको सो क्षेत्रको बिकासका लागि महानगरले आगामी दिनमा तारकेश्वर नगरपालिका संग सहकार्य प्रतिबद्दता ब्यक्त गरेका थिए ।
तारकेश्वर महादेवको मन्दिरको नामबाट तारकेश्वर नगरपालिका नामकरण भएको हुँदा त्यसैको आधारमा तारेकेश्वर महादेव मन्दिर क्षेत्रमा काम गर्नको लागि काठमाडौं महानगरपालिका र तारकेश्वर नगरपालिकाको साझेदारीमा दुइ करोड को प्रोजेक्ट बनाएर काम गर्न लागिएको तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले बताएका छन्
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारेकेश्वर, #बिद्या सुन्दर शाक्य
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ३बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ४प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ५गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ६टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ७विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ८राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
तपाईको कमेन्ट लेख्नुहोस्