Techie IT
शनिबार, मंसीर १३,२०७७

शेर बहादुर देउवाको गृह जिल्लामा बाख्रा बेचेर बनाए जनताले सडक


शोभा तामाङ

१२ कात्तिक काठमाडौं । पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा को गृह जिल्ला डडेल्धुरा आलिताल गाउ पालिका वडा नम्बर ३ बन्डाले चनौटेका जनताले राज्यले सडक पुर्‍याउन नसकेपछि कुखुरा बाख्रा बेचेर आफ्नो क्षमता अनुसार रिन दान गरेर प्रति ब्यक्ति 15 देखि 20  हजार सम्म उठाएर सडक निर्माण गरेका छन ।

पछि वडा कार्यालय बाट रकम फिर्ता गर्ने सर्तमा सडक निर्माण गरिएको र सडकका नाममा पर्याप्त बजेट आएपनि गाउ बस्ति समेटेर सडक निर्माण नभएको नेकपा डडेल्धुराका युवा विद्यार्थी नेता मोहन धामिले बताउनुभयो ।

साथै उनले यसरि वडा कार्यालय, गाउ पालिका ,प्रदेश सरकार र केन्द्र सरकारले राज्य भएको अनुभूति गराउन र ब्याजमा रिन लिएर जनस्तरबाट निर्माण गरिएको उक्त सडक प्राबिधिकबाट नाप जांच गराइ उक्त सडक निर्माणको लागि बजेट निकासा गरि जनताको पैसा फिर्ता गराउन र राज्यको उपस्थितिको अनुभुति दिलाउन अनुरोध गरेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #बाख्रा बेचेर बनाए जनताले सडक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545