काठमाडौं उपत्यकालगायत संक्रमणको उच्च जोखिममा भएका जिल्लाहरूमा थप कडाइ गर्ने सरकारको तयारी

काठमाडौं, २८ असोज । सरकारले काठमाडौं उपत्यकालगायत संक्रमणको उच्च जोखिममा भएका जिल्लाहरूमा थप कडाइ गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सरकारकै निकायहरूले काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै लकडाउनकै विकल्प अँगाल्न सुझाव समेत दिएका छन् ।
कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले नै आवश्यक निर्णय लिन सक्नेगरी प्रस्ताव तयार पारी स्वीकृत गराएको प्रधानमन्त्री कार्यालयले बताएको छ । यद्यपि उक्त निर्णय सार्वजनिक भने भइसकेको छैन ।
त्यस्तो निर्णयले सङ्क्रमणको जोखिम उच्च भएको ठाउँमा जिल्लाको डीसीसीएमसीमा स्थितिको विश्लेषण गरेर आवश्यक काम गर्न सहजता प्रदान गर्दछ ।
तलबाट आएका सुझावलाई दृष्टिगत गरेर सरकारले आजभोलि नै अथवा कात्तिक १ गतेबाट लागू गर्न सक्ने बताइएको छ ।
महान चाड दशैं नजिकिएसँगै आम सर्वसाधारणमा कोरोनाको तीव्र संक्रमण तथा सरकारले लिने भावी कदम के हुने भन्ने चिन्ता छ । यही चिन्ताले उनीहरुले दशैं कसरी र कहाँ मनाउने भन्ने निर्णय समेत लिन सकेका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #थप कडाइ
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्