महाराजगञ्च ‘हिट एण्ड रन’ घटनाका मुख्य अभियुक्त पक्राउ, पूर्वमन्त्रीको गाडी निर्दोष !

काठमाडौं – महाराजगञ्च ‘हिट एण्ड रन’ घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले काठमाण्डु महानगरपालिका–३ स्थित त्रिवि शिक्षण अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा गत असोज ७ गते दिँउसो १२ः५० बजेको समयमा एक दम्पतीलाई ठक्कर दिएर फरार रहेको मोटरसाइकल र चालकलाई पक्राउ गरेको छ ।
प्रदेश नम्बर ३–०२/००७ प ७६ १५ नम्बरको मोटरसाइकलले अनुपा कार्की र उनका श्रीमान विक्रम कार्कीलाई ठक्कर दिएर फरार भएको थियो । मोटरसाइकलको ठक्कटरबाट उछिट्टिएर अनुपा पूर्वमन्त्री खड्काको गाडीमा बजारिन पुगेकी थिइन् । उनको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो भने श्रीमान घाइते भएका थिए ।
वृत्तका डीएसपी रोशन खड्काले दम्पतीलाई ठक्कर दिएर फरार भएको उक्त मोटरसाइकलसहित चालक २१ वर्षीय सुरज विकलाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार सुरज मकवानपुर जिल्लाको वागमती गाउँपालिका–७ का स्थायी वासिन्दा हुन् । उनी हाल वागबजारमा बस्दै आएका छन् ।
नारायणगोपाल चोकबाट पानीपोखरीतर्फ गइरहेका सुरज टिचिङ अस्पताल बाहिर जेब्रा क्रसिङमा ठक्कर दिएर फरार भएका थिए । उनले २६ वर्षीया अनुपा कार्की र उनका ३० वर्षीय श्रीमान विक्रम कार्कीलाई ठक्कर दिएर बागबजारमा लुकेर बसेका थिए ।
नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री दीपक खड्काको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बुढानिलकण्ठ–६ का विक्रम र अनुपालाई ठक्कर दिएको खबर बाहिरिएको थियो । तर, अनुसन्धानका क्रममा कार्की दम्पतीलाई मोटरसाइकलले ठक्कर दिएको खुलेको थियो । मोटसाइकलले ठक्कर दिएपछि विपरित दिशाबाट आउँदै गरेको पूर्वमन्त्रीको गाडीमा उछिट्टिएर पुगेका थिए ।
वृत्तका डीएसपी रोशन खड्काले उक्त घटना पूर्वमन्त्रीको गाडीले नभई मोटरसाइकलले गराएको बताए । डीएसपी खड्काले पक्राउ परेका पूर्वमन्त्रीका चालक जयराज जोशी निर्दोष भए पनि मुद्धा अगाडि बढिसकेको बताए । उनकाअनुसार पूर्वमन्त्रीका चालकको मुद्दा कानूनअनुसार नै टुंगो लाग्नेछ ।
‘ठक्कर दिने चालकलाई हामीले पक्राउ गरेका छौं । एउटा सवारीले ठक्कर दिएर अर्को सवारीमा ठोक्किन गए त्यसको दोष हुँदैन’, उनले भने, ‘ अब उहाँहरुको मुद्धा अगाडि बढेकाले कानूनी प्रक्रियाबाटै टुंगोमा पुग्छ ।’
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #पुर्बराज्यमन्त्री, #हिट एण्ड रन
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्