तारकेश्वरमा ६४५ जनालाई कोरोना , सबै भन्दा धेरै मनमैजुमा

काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ६४५ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा २७२ महिला र ३७३ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १५० महिला र १८६ पुरुष गरी ३३६ जना रहेका छन् । अहिलेसम्म २ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला १२२ र पुरुष १८५ जना गरी ३०७ जना पुगेका छन् ।
वडा नं. ८ मा ६९ जना ३३ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा ९७ जना र निको हुनेको संख्या ४० पुगेको छ । वडा नं. १० मा १२१ जना जसमा ८७ जना निको भएका छन् । वडा नं. ११ मा ११३ जना ४७ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा १५ महिला र २० पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ निको हुनेको संख्या ११ जना, वडा नं. २ मा ३० जना १२ जना निको भइसकेका छन् । वडा नं. ३ मा १३ जना जसमा ८ जना निको भएका छन् । वडा नं. ४ मा ६१ जना जसमा ३० जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा ५६ जना जसमा ३१ जना निको भएका छन् । वडा नं. ६ मा ४५ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ जनाको निको भएको छ । वडा नं. ७ मा आज २५ जनामा कोरोना संक्रमण देखिएको छ जसमा १२ जना निको भएका छन् ।
तारकेश्वर नगरपालिकामा २०९७ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकामा २७८ जना होम आइसोलेसनमा बसेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा ६४५ जनालाई कोरोना
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्