क्षमता विकास गर्दै लेटाङ प्रिन्सेस

नरमाया श्रेष्ठ
असार २३ । मोरंगको उत्तरी नगरपालिका लेटाङका किशोरीहरु अचेल बिहानै उठ्छन् । ६ बजे नै उनीहरु बजारमा रहेको सहकारीको हलमा पुग्छन् । त्यहाँ उनीहरु व्यक्तित्व विकास गर्न र समाजलाई बुझ्न दुई घण्टा खर्चन्छन् । नाम लेटाङ प्रिन्सेस भनिएपनि र बालिका र किशोरीहरु सहभागि भएपनि उनीहरु अहिले समाजका सचेत नागरिक झै छन् ।
लेटाङ बजारको समस्याबारे एक सहभागिले भनिन्, ‘यहाँ मोटरसाइकल निकै तीव्र गतिमा चलाउँछन् ।’ यस्तै समस्याहरु सबैले तालिम हलमा सुनाउँछन् । त्यहाँ छलफल गर्छन् र समाधानका उपायहरु पनि केलाउँछन् । कहिले प्रहरी, कहिले पत्रकार, कहिले बैंकर्स, कहिले खेलाडी, विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गरिरहेका छन् ।
‘सबैबाट केही न केही सिकिरहेका हुन्छन्,’ आयोजक लेटाङ लायन्स क्लबकी भूमिका पाख्रिनले भनिन् । लेटाङ नगरपालिका भरीका १४ देखि २० वर्ष उमेरका किशोरीहरुलाई सहभागि गराइएको कार्यक्रमको ग्राण्ड फिनाले असार ३० गते हुनेछ । किशोरीहरुको व्यक्तित्व विकासका साथै समाजलाई बुझ्ने क्षमताको विकास होस् भन्नका लागि प्रतियोगिता गरिएको कार्यक्रमका संयोजक राजेश ढकालले बताए । झण्डै एक महिनादेखि भइरहेको प्रशिक्षण कक्षामा सहभागिहरुले सामाजिक कामसमेत गरिरहेका छन् ।
लेटाङ कलेजमा फूल रोप्ने काममा संलग्न भएका उनीहरुले ट्राफिक प्रहरीको साथमा सडकमा ट्राफिक सचेतनाको कार्यक्रमसमेत गरेका छन् । विजेताले ताजसहित विराटनगरको एभरेष्ट, लर्ड बुद्ध, निहारिका लगायतको कलेजहरुबाट छात्रवृत्ती जित्नेछन् । यस्तै आकर्षक पुरस्कारहरु समेत पाउनेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #लेटाङ प्रिन्सेस
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्