Techie IT
बिहीबार, कात्तिक १३,२०७७

शाक्य समाज खाँदबारीको आठौं वार्षिक साधारण सभा सम्पन्न

शाक्य समाज खाँदबारीका कार्यसमिति सदस्य तथा कान्तिपुरकर्मी दिपेन्द्र शाक्यद्धारा नगद रु ५० हजार सहयोग उपलब्ध 


खाँदबारी, असोज ८ – शाक्य समाज खाँदबारीको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । खाँदबारी स्थीत त्रिरत्न बुद्ध बिहारमा बिहिबार आयोजना गरिएको साधारण सभाको अध्यक्षता शाक्यसमाजका अध्यक्ष किरणकुमार शाक्य, प्रमुख अतिथी कृष्णराज शाक्य रहनुभएको थियो ।

संघका उपाध्यक्ष जयन्द्र शाक्यले संचालन गर्नूभएको कार्यक्रममा सचिव लोकदर्शन शाक्यले स्वागत मन्तब्य प्रकट गर्नूभएको थियो । साधारणसभालाई सम्बोधन गर्दै शाक्य समाजका अध्यक्ष किरणकुमार शाक्यले आर्थिक वर्षभर समाजले गरेको आर्थिक कारोबार र प्रगति बिवरणका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा त्रिरत्न बुद्ध बिहारको माथिल्लो तथा थप गर्नका लागि माननिय राजेन्द्र गौतमले रु १५ लाख र खाँदबारी नगरपालीकाले रु ५ लाख उपलब्ध गराई भवन निर्माण सम्पन्न गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । वहाँले भवन निर्माण लगायत अन्य ब्यवस्थापनको कार्यमा सघाउ पुर्याउने सबैदाताहरुलाई धन्यबाद प्रकट गर्नूभएको थियो । कार्यक्रममा शाक्य समाज खाँदबारीका कार्यसमिति सदस्य तथा कान्तिपुरकर्मी दिपेन्द्र शाक्यले भवन निर्माण र ब्यवस्थापन लगायतका लागि नगद रु ५० हजार समेत सहयोग उपलब्ध गराउनुभएको थियो । रु ५० हजारको चेक बुझ्दै शाक्य समाजका अध्यक्ष किरणकुमार शाक्यले सहयोग उपलब्ध गराएकोमा बिरेन्द्र शाक्य,  दिपेन्द्र शाक्य लगायत सम्पुर्ण परिवारजनमा आभार प्रकट गर्नुभयो ।

यसैबिच शाक्य समाजको आठौं बार्षिक साधारण सभाले १५ सदस्यीय नयाँ कार्यसमिति समेत पुनरगठन गरेको छ । पुनरगठित समितिको अध्यक्षमा किरणकुमार शाक्य, बरिष्ठ उपाध्यक्ष जयन्द्र शाक्य, उपाध्यक्ष अश्वीन बज्राचार्य, सचिव लोकदर्शन शाक्य, सहसचिव भुपेन्द्र शाक्य, कोषाध्यक्ष जेनी शाक्य, सहकोषाध्यष रनीता बज्राचार्य, र सदस्यहरुमा दिपेन्द्र शाक्य, कृष्णराज शाक्य, दिेपेश शाक्य, देवराज शाक्य, अमन शाक्य, सुजन बज्राचार्य, सुबर्ण शाक्य र अमित शाक्य चयन हुनुभएको शाक्य समाजका बरिष्ठ उपाध्यक्ष जयन्द्र शाक्यले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #बुद्ध बिहार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!