अवैध सालको काठ सहित चार जना पक्राउ

चितवन । चितवनको पदमपुरबाट अवैध सालको काठ सहित चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय टाँडी, प्रहरी चौकी जुटपानी र प्रहरी विट पदमपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले कालिका नगरपालिका वर्डा नम्बर १० स्थित निवुवाटार सामुदायिक वन क्षेत्रको ब्लक नम्बर ४ बाट अवैध साल जातको चिरान काठ १८ थान बोकेर ल्याउँदै गरेका चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कालिका नगरपालिका वडा नं १० बस्ने बर्ष ५० को भिम बहादुर तामाङ, सोही ठाउँ बस्ने बर्ष ३३ को विजय तामाङ, बर्ष २६ को गोरे तामाङ, बर्ष २२ को राज कुमार तामाङ रहेका छन् । उनीहरुलाई सोमबार दिउँसो तीन बजे पक्राउ गरेर आवश्यक कारवाहीको लागी आज सव-डिभिजन वन कार्यालय जुटपानीमा बुझाइएको टाँडीका प्रहरी प्रमुख रविन कार्कीले बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्