तारकेश्वर नगरपालिकाको बजेट ७१ करोड

तारकेश्वर नगरपालिकाको तेस्रो नगर सभा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष ०७५्०७६ का लागि आयोजित सो नगर सभाले ७१ करोड वजेट विनियोजन गर्ने तयारी गरेको छ ।
सो कार्यक्रममा काठमाण्डौ क्षेत्र नं ६ का सांसद भिमसेनदास प्रधान , प्रदेश सभासद योन्द्र संग्रौला, राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका न्याधिश एवं कार्यलय प्रमुख, नेपाली कांग्रेस तारकेश्वर नगर समितिका सभापति श्रीराम थापा , स्थानीय बासी , पत्रकारहरुको उपस्थीती रहेको थियो ।
सांसद भीमसेनदास प्रधानले आफू नेपाली कांग्रेसबाट प्रतिनिधतव गरेता पनि जनताको सांसद एवं प्रतिनिधी रहेको बताए । उनले थप्दै भने, तारकेश्वरका जनप्रतिनिधीहरुले यो वा त्यो् पार्टी नभनी समग्र नगरबासीहरुलाई पार्टीको भन्दा पनि जनप्रतिनिधको आखाले नियाल्न आवश्यक रहेको बताए ।
नगरप्रमुख रामेश्वर बोहोराले नगरबासीहरुको आशार अपेक्षा धेरै छन् तर नगरपालिकासँग श्रोत र साधन सिमित छ, हामीले उपलब्ध श्रोत साधनलाई आवश्यक व्यवस्थापन गर्दै विकास निर्माणको कार्यलाई अगाडी बढाउँदै आएकाे बताए ।
कार्यक्रम नगरपालिका प्रवक्ता एवं तारकेश्वर–१ का वडा अध्यक्ष विदुर सापकोटाले सञ्चालन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्