स्वास्थ मापदण्ड अपनाउदै तुम्लिङटार विमानस्थल संचालन
सोमबार बुद्ध र यति एयरले ३ उडान गर्यो ।

खाँदबारी, ५ असोजः लकडाउनको झन्डै सात महिना पछि संखुवासभाको तुम्लिङटार विमानस्थल सञ्चालनमा आएको छ । सोमबार बुद्ध र यति एयरले ३ उडान गरेको छ । बुद्धले काठमाण्डौ तुम्लिङटार, तुम्लिङटार विराटनगर र तुम्लिङटार काठमाण्डौ उडान गरेको छ । त्यस्तै यति एयरले काठमाण्डौ तुम्लिङटार काठमाण्डौ १÷१ उडान गरेको छ । स्वास्थ्य मापडण्डको पूर्ण पालना गरेर उडान सुरु गरिएको नागरिक उड्यान कार्यालय तुम्लिङटारका प्रमुख केशव लम्सालले बताउनुभयो । लम्सालका अनुसार एयरपोटको १ नम्बर गेटबाट यात्रुबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।
यात्रु र विमानका कर्मचारीका लागि पञ्जा, सेनिटाईजर, माक्स, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री अनिवार्य गरिएको छ । ३ फिट दुरी कायम गरेर विमानस्थलको चेकपोष्ट र यात्रु सहायता कक्ष निर्माण गरिएको छ । चैत ११ पछि तुम्लिङटार विमानस्थल बन्द थियो ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##कोभिड१९, #corona update, #hot, #कोरोना भाइरस
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्