Techie IT
बुधबार, कात्तिक ५,२०७७

तारकेश्वरमा प्रांगारिक कृषिलाई महत्व दिइनु पर्ने


मनमैजु साँस्कृति समाजको मन्थनमा कृषि अभियन्ता एवं कृषकहरुले तारकेश्वरमा प्रागारिक कृषिको आवश्यकतमा जोड दिएका छन् ।

कृषि अभियन्ता उद्धव अधिकारीले सरकारको दोधारे नीतिकै कारण प्रागारिक कषिले नेपालमा गति लिन नसकेको बताउँदै उहाँले भन्नुभयोे, सरकारले यो वर्ष ११ अर्वको मल किन्ने त भन्यो तर प्रागारिक या जैविक मलका लागि भने कति पनि छुट्याएको छैन । जवकी केही वर्षभित्र नेपाललाई जैविक प्रणालीमा खेतीगर्ने सरकारको सोच छ ।अव रासायनिक मलनभई जैविक मलको कारखाना घर गाउँमै खोल्न सरकारले लगानी गर्नु पर्ने बताउनुभयो ।

उहाँले कृषिलाई प्रकृति, पर्यावरण, उर्जा, शिक्षार सस्कृतिसँग जाडेर हेरमा मात्र यसले न्याय हुने बताउदै गएको साठी वर्षदेखि राज्यले बनाएको नीति र आम कृषक वीचको दन्दकै कारण अहिलेको परिणाम भोग्नु परेको उल्लेख गर्नुभयो । हामी सँग उर्वर भूमि हुँदाहुँदै खुसानी समेत बाहिरबाट ल्याउनु पर्ने स्थितिकिनआयो, उहाँको प्रश्न थियो । अर्कातिर चिन र भारत जस्ता ठूला मुलुक सँगप्रतिष्पर्धा गर्न नसक्ने स्थितिमा हामी भएकाले आफ्नो भूमिको अधिक उपयोग गर्नुपर्ने उहाँको सुझाव थियो । वेदको प्रसंग कोट्याउदै उहाँले कृषिलाई जीवनको आधार मान्नु पर्छ, भन्नुभयो । तर त्यसो हुन नसकेकोले अहिले कृषि न हासको चाल न बकुलाका तालका रुपमा रहेको बताउनु भयो ।

अधिकारीले तारकेश्वरमा खेतीगर्ने ठाउँहरु अझै केही वडाहरुमा भएकाले ति वडाहरुलाई बेलैमा प्रोत्साहितगरि कृषिलाई प्राथमिकतामा राख्नु पर्ने औल्याउनु भयो । उहाँले भन्नुभयो, खेतीमायुवालाई चासो छैन, त्यो हाम्रो शिक्षाले ल्याएको विसंगति हो । रासायनिकमल र विषादीहरुको प्रयोगले माटोहरु सिकिस्त भइसकेको अवस्थाले बारीमा गड्यौला, फट्यागापाइन छोडिसकेको अनुभव सुनाउनु भयो । मन्थनमा अभियन्ताअधिकारीले काँठका गोठ मासेर ग्यारेज र गाई छोडेर कुकुर पाल्नु निकै दुखद भएको यथार्थ पोख्नुभयो ।

मन्थनमा अर्थशास्त्री डा केशव राज खड्काले प्रागारिक शब्दपनि बहुराष्टिय कम्पनीको अर्को रुप भएको बताउँदै उहाँले अवदेखि सुधारिएको परम्परागत खेतीनै भन्नु पर्ने धारणा राख्नु भएको थियो । डा खडकाले यस्तो प्रविधिबाट उत्पादन भएका वस्तुहरुको परीक्षण र प्रमाणी करणका लागि आवश्यक ज्ञान र सीप नगरपालिकालाई आवश्यक परे आफू सहयोग गर्न तयार रहेको बताउनु भयो ।
तारकेश्वर नगरपालिकाकी कृषिशाखाकाकी रितासिग्देलले नगरले कृषि नीति बनाउन लागेको र सोको लागि ५ लाख रुपैयाँ छ्ट्याइएको जानकारी दिनुभयो ।

प्रागारिक च्याउउत्पादनक कृषक स्वयम्भर खड्काले आफ्नो रगतमै प्रागारिक भएकाले सरकारले गरे पनिनगरेपनिआफू प्रागारिकबाट बाहिर नजाने प्रतिवद्धता जनाउनु भयो ।उहाँले भन्नुभयो, यदि कोहीप्रागारिक खेतीगर्त तयार छ भने म प्राविधिक ज्ञान दिनतयार छु ।

कार्यक्रममातारकेश्वरका किसानहरु, जनप्रतिनिधि, नगरपालिकाका कृषि विभागका कर्मचारी,राजनैतिक दलका व्यक्तिहरु लगायत संचारकर्मीहरु गरी २८ जनाभर्चुअल छलफलमा सहभागीहुनु भएको थियो । धर्मस्थलीका केही किसानहरु समूहमा बसेर समेत छलफलमा सहभागी हुनुभएको थियो ।

कोरोनाले ल्याएको परिवेश र यसपछि बदलिने समयलाई मध्यनजर गर्दै मनमैजु साँस्कृतिक समाजले बहसमुलक मासिक नियमित छलफल मन्थनुमा तीन महिना देखि हरेक महिनाको पहिलो शनिवार विकास, सस्कृति र साहित्यमा आधारित वहस हरुको आयोजना गर्दै आएको छ । मन्थन, स्थानीय र राष्टिय विषयहरुमा छलफल गर्न, अन्तरक्रियागर्दै अनुभव, ज्ञान र सीपहरुको विस्तार र प्रसार गर्ने उद्देश्यले शुरु गरिएको मनमैजु साँस्कृतिक समाजका संचार विभाग प्रमुख श्रीराम फुटुगेले बताउनु भयो ।

नगरमा बसोबास गर्ने नागरिक, विज्ञहरु, जनप्रतिनिधि, सामाजिक संघसंस्था, अभियानकर्मीहरु तथा विभिन्न सरोकारवालाहरु वीच सम्बन्ध प्रगाढहोस् र आपसी अनुभवहरु एक अर्काप्रति बाँड्ने वातावरण निर्माण भई विकासले गति लिन सकोस् भनेर मन्थनको नियमितआयोजना गरिएको हो, फुटुगेले भन्नुभयो ।

समाजका अध्यक्ष धुव्रराज खड्काले सवैको चासो र महत्व भएकाले यसको उठाउन गरिएको बताउनु भयो । मनमैजु साँस्कृतिक समाज २५ वर्षअघि कला, सँस्कृति एवं साहित्यको उत्थानका लागि स्थापित तारकेश्वरको अग्रणी संस्थाहो जसले राष्टव्यापी  विभिन्न कार्यक्रमहरु गरि योगदान पुर्याउँदै आएको छ । सामाजिकविकासको क्षेत्र पनि यो संस्थाको एउटा महत्वपूर्ण पाटो हो ।

मन्थनमा आगामी  छलफल स्थानीय तहमा महिलाहरुको सहभागिता, समस्या र चुनौती विषयमा तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धितालले प्रस्तुती गर्नु हुने भएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा प्रांगारिक कृषि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!