Techie IT
बुधबार, असोज ७,२०७७

स्थानीय तहहरुको प्रचार तथा प्रवर्धनका लागि वडा तहमा संचारकर्मी उत्पादन


 शिरिष पौडेल / निशा बराल
काठमाडौं जिल्लाका स्थानीय तहहरुमा भएका विकास निर्माण, रचनात्मक र सृजनात्मक गतिविधिहरुको प्रचार तथा प्रवर्धनका लागि वडा तहमा संचारकर्मी उत्पादनका लागि मदन भण्डारी फाउन्डेशन काठमाडौंले आयोजना गरेको पत्रकारिता तालिमका प्रशिक्षार्थी पत्रकारहरुले बुढानिलकण्ठ नगरपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतसँग अन्तरकृया गरेको गरेका छन। उक्त अन्तरकृयामा बागमती प्रदेशका प्रदेस सभा सदस्य तथा मदन भण्डारी फाउन्डेसन काठमाण्डौँका अध्यक्ष दिपक निरौला , बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेल ,उपप्रमुख रमा राई , प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा ,वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई र प्रशिक्षार्थी पत्रकारहरुको उपस्थिति रहेको थियो ।
उक्त अन्तरकृयामा सहभागी प्रशिक्षार्थिलाई संबोधन गर्दै नगरपालिकाका नगर प्रमुख उद्दव खरेलले सत्यतथ्य सुचना र समाचार सम्प्रेषण गर्नुपर्नेमा संचार माध्यमहरुले मनोगत र व्यवसायमुखी बनेर हल्का तथा चर्चामुखी समाचारलाई प्राथमिकता दिंदा नगरपालिकाका उपलव्धि र सृजनात्मक काम सम्बन्धी सुचनाहरु छाँयामा परेको बताएका थिए। नगर प्रमुख खरेलले संचारकर्मिहरुले सत्य तथ्य नबुझी भ्रामक समाचार सम्प्रेषण गरिदिनाले वेलावेला विभिन्न समस्याहरु उत्पन्न हुने बताउदै व्यक्तिगत स्वार्थ पुरा गर्न लाग्ने प्रवृति छोडेर खोजमुलक र उत्प्रेरणा जगाउने समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताएका थिए।
नगरप्रमुख खरेलले बुढानिलकण्ठ नगरपालिकामा छुट्टै संचार डेस्कको स्थापना गर्ने तयारी गरेको जानकारी दिदै प्रशिक्षार्थी पत्रकारहरुलाई व्यक्तिमुखी हैन विषयमुखी हुनुपर्ने भन्दै सकारात्मक र खोजमुलक पत्रकारीतालाई अघि बढाउन र सहयोगी भुमिका निभाउन आग्रह गरेका थिए। यसैगरी नगर उपप्रमुख रमा राईले पनि नगरपालीकाले गरेका कामहरु समुदाय माझ राम्रोसँग सु-सुचित नभएकोमा दुख व्यक्त गर्दै विकास निर्माणका कामहरु सम्बन्धि कामहरुको सुचना समुदायमा सम्प्रेषण नभएकाले नगरबासीहरुले बुझाइमा फरक परेको बताएककी थिइन्।
नगरपालिकाको न्यायिक समिति र अनुगमनका कामहरुका वारेमा पनि संचार माध्यमले प्राथमिकता दिनुपर्ने बताउदै उपप्रमुख राईले प्रशिक्षार्थी पत्रकारहरुलाई शुभकामना दिएकी थिइन्। त्यस्तै सो अन्तरक्रियामा बोल्दै नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले नगरपालिकामा भएका कामको सुचना प्रवाह गर्ने निश्चित माध्यम नभएको कारणले नगरवासीहरुमा राम्रा कामहरुको सुचना प्रवाह नभएको बताउदै सत्य सुचना जनता माझ पुर्याउने गरेका कामका लागी तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई धन्यवाद दिदै आउने दिनमा संचार क्षेत्रको विस्तारका लागी आवश्यक सहयोग गर्न तयार रहेको वताएका थिए।
त्यस्तै उक्त अन्तरकृयामा नगर प्रवक्ता नवराज भट्टराईले नगरपालीकाका विभिन्न विकासका गतिविधिहरुको सुचना जनतामाझ पुर्याउन र जनतालाई विकास निमार्णको काममा स्थानिय निकायसँग नजिक ल्याउन संचार माध्यमको ठुलो भुमिका रहेको बताउदै प्रशिक्षार्थी पत्रकारहरुलाई सत्य तथ्य प्रसारण गर्न र स्थानीय निकाय सँग समन्वय गरेर अघी बढ्न आग्रह गरेका थिए। सुशासन र समृद्धिका लागि संचार अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाका १४ जनाले पत्रकारिताको तालिम प्राप्त गरेका छन।
स्थानीय तहमा वडा स्तरमा संचारकर्मी उत्पादन गर्ने उदेस्यले संचालन गरिएको सो अभियानको पहिलो चरणमा बुढानिलकण्ठ ,टोखा र तारकेश्वर नगरपालिकामा तालिम सम्पन्न भैसकेको छ भने काठमाडौंका बाँकी स्थानीय तहमा चाडै संचालन गरिने मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन।
(शिरिष पौडेल / निशा बराल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

क्याटेगोरी : समाचार
ट्याग : #स्थानीय तहहरुको प्रचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!