काठमाडौको झोरमा गृहमन्त्रि थापाको रोपाई मोह (फोटो फिचर )

राधेश्याम तिमलसिना ( पुकार)
असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात असार १५, धान दिवस ।
कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो ।
‘देशभर धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
धान दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरु र सरकारी उच्चपदस्थ व्यक्तिको सहभागिता रहृयो । सोही क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि काठमाडौको झोरमा किसानको रुपमा उपस्थित भए छन। युवा संघ र वाइसियलनेपालले आयोजना गरेको रोपाईं कार्यक्रममा उनले बाउसे गरि धान समेत रोपेका थिए ।
सोकार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता , टेखा नगरपालिकाका मेयर प्रकाश अधिकारी लगायत स्थानिय कृषकहरुको सहभागीता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #झोरमा, #धान दिवस, #रामबहादुर थापा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्