Techie IT
शुक्रबार, कात्तिक ५,२०७८

उपत्यकामा ५९७ संक्रमित सहित आज कुल १०३९ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा आज थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३९ जना संक्रमित थपिएका हुन्।

२४ घन्टामा ९ हजार १६५ जनाको परीक्षण गर्दा १ हजार ३९ जना थपिए संगै हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा  कोरोनाबाट ११७३ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कुल निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ।

नेपालमा आज ९ जना सहित कुल ३४५ जनाको मृत्यु भएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्