Techie IT
शुक्रबार, कात्तिक ७,२०७७

मनमैजु , साङ्ला ,धर्मस्थली सहित तारकेश्वरमा थपिए ११ संक्रमित


तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २५१ पुगेको छ । नगरको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार सबैभन्दा बढी मनमैजु–१० मा ६८ र सबैभन्दा कम फुटुङ– ७ मा ३ जनामा कोरोना फैलिएको छ।

त्यस्तै, नेपालटार–११ मा ४२, मनमैजु–८ मा २५, गोलढुङ्गा–४ मा २४, गोलढुंगा–५ मा १८, मनमैजु– ९ मा २८, काभ्रेस्थली–२ मा १३, जितपुरफेदी–३ मा ७, ६ जनामा कोरोना संक्रमण फैलिएको शाखाले जानकारी दिएको छ ।

त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ७ जना पुगेको छ निको हुनेको संख्या ३ जना, वडा नं. २ मा १३ जना २ जना निको भइसकेका छन् । वडा नं. ३ मा ७ जना, वडा नं. ४ मा २४ जना जसमा ४ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा १८ जना जसमा १४ जना निको भएका छन् ।

वडा नं. ६ मा १६ जनामा कोारेना संक्रमण देखिएको छ । वडा नं. ७ मा आज ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । वडा नं. ८ मा २५ जना ६ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा २८ जना र निको हुनेको संख्या ३ पुगेको छ । वडा नं. १० मा ६८ जना जसमा २२ जना निको भएका छन् ।

तारकेश्वर नगरपालिकामा ९९८ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । नगरपालिकामा १२७ जना होम आइसोलेसनमा बसेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा थपिए ११ संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!