Techie IT
शनिबार, कात्तिक ६,२०७८

नयाँ बानेश्वर व्यापार व्यवसायीद्धारा ज्ञापन पत्र


काठमाडौ । नयाँ बानेश्वर व्यापार व्यवसायी संघले कोरोना भाइरस (कोभिड १९) को कारणले उत्पन्न भएका व्यावसायीका समस्या समाधान गर्न सात सुत्रिय माग राख्दै आज जिल्ला प्रशासन कार्यालय र महानगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।

संघर्ष तथा समन्वय समिति संयोजक तथा संघका अध्यक्ष रामशरण गिरीले आज ७ सुत्रीय माग सहित ज्ञापन पत्र बुझाएका हुन । अध्यक्ष गिरीले आफ्ना माग पुरा नगरेर संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

हिजो संघका अध्यक्ष गिरीको संयोजकत्वमा ९ सदस्यीय संघर्ष तथा समन्वय समिति समेत गठन थियो ।

संघले बैज्ञानिक घरभाडा निर्धारण गर्नुपर्ने, लकडाउन तथा निषेधाज्ञा अवधिको घरभाडा मिनाहा गर्नुपर्ने, बैंक तथा वित्तिय संस्थाको सम्पूर्ण व्याज मिनाहा गर्नुपर्ने,सरकारलाई तिर्नुपर्ने विविध कर मिनाहा गर्नुपर्ने, साना तथा मझौला व्यवसायीलाई विना धितो ऋणको व्यावस्था गर्नुपर्ने, शिक्षा स्वस्थ्य र सुरक्षा निशुल्कको ग्यारण्टी गर्नुपर्ने, र सम्पूर्ण निजि क्षेत्रका समस्याहरुलाई एकिकृत गरी समस्या समाधान गर्न एक उच्चस्तरिय समन्वय समिति गठन गर्नुपर्ने माग राखेका छन ।

संघले उल्लेखित माग सहित सरकारलाई ज्ञापन पत्र बुझाउने र सो माग प्रति सरकार सम्बेदशील नभई व्यवसायीको पक्षमा निर्णय नगरे तुरुन्त चरणबद्ध आन्दोलन सहित दवावमुलक संघर्ष अघी बढाउने निर्णय गरेको संघका अध्यक्ष गिरीले बताउनुभयो ।

सरकारले लकडाउन तथा निषेधाज्ञा गरेको ७ महिना भइसक्दा पनि सरकारबाट व्यापारी व्यवसायी प्रति संबेदनशिलता नदेखाइरहेको अवस्थामा संघको अध्यक्षतामा विभिन्न २२ वटा ब्यापार व्यवसायी संघ लगायत नेपाल राष्ट्रिय व्यवसायी महासंघ सहितको भर्चुवल बैठक गरी हालको उद्योग व्यावसायीको परिस्थिती र भावी रणनितिक कार्ययोजना विषयमा बहस गरेको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #नयाँ बानेश्वर व्यापार व्यवसायी संघ


तपाईको कमेन्ट लेख्नुहोस्