धुन्चेमा पहिरोले कन्टेनर र जिप बगायो

अविरल वर्षासँगै आएको पहिरोले रसुवामा आज साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ ।
पासाङ ल्ह्यामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्डअन्तर्गत कालिका गाउँपालिका–१ स्थित राम्चेमा वर्षासँगै आएको पहिरोले मालवाहक कन्टेनर र जिप बगाएको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापाले जानकारी दिनुभयो ।
चीनको केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७५९० नंको कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको बा १५ च २७३५ नंको जिपलाई पहिरोले बगाएकाले उद्धारको प्रयास भइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पहिरोले सडक अवरुद्ध भएपछि रोकिएका उक्त दुई गाडी बगाएपनि त्यसमा सवार यात्रु ओर्लिएको समयमा परेकाले सबैजना सुरक्षित रहेका छन् । पहिरोले सडक अबरुद्ध बनाएपछि चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक मार्ग बन्द भएको छ ।
वेत्रावतीबाट सिधै रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबँेसी सडकखण्ड गत चैत ३० देखि सञ्चालनमा आएपनि पहिरो र सुरक्षाको कारण देखाएर यातायात सञ्चालनमा रोक लगाइँदा दुई देश जोड्ने सडक मार्ग ठप्प भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #धुन्चेमा पहिरो
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्