Techie IT
शनिबार, कात्तिक ६,२०७८

टोखा नगरपालिका वडा अध्यक्ष रानालाई कोरोना संक्रमण


शोभा तामाङ्ग

काठमाडौ ।टोखा नगरपालिका वडा न,७ का वडा अध्यक्ष नरोत्तम रानालाई कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमित वडा अध्यक्ष  वडामा कोरोना संक्रमित  ल्याइ क्वारेन्टाइनमा राख्न सक्रिय भइ लागेका थिए । कोरोना संक्रमणविरुद्ध कडा सावधानी अपनाउँदा अपनाउँदै पनि आफू संक्रमित भएको र आफूले उच्च मनोवल लिएर कोरोनासँग लड्ने वडा अध्यक्षले बताए ।

 

टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए ।भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो ।

टोखामा शुक्रबारसम्म २५७ कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १०९ जना होम आइसोलेसनमा र ४८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका, #नरोत्तम राना


तपाईको कमेन्ट लेख्नुहोस्