चितवनमा करेन्ट लागेर दुई जनाको मृत्यु

माछा चोर्न गएका दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका ८ सल्यानी टोलमा स्थानीय चुडामडी शर्मा सहित अन्य चार जना ब्यक्तिले संचालन गरेको माछापोखरीमा पुगेर माछा चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिका ८ बस्ने अन्दाजी ३५ बर्षिया नवराज दराई र निर बहादुर रानामगर रहेका छन् । उनीहरुको साथबाट प्रहरीले माछा मार्न प्रयोग हुने जाली समेत फेला पारेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रम्मा दैनिक माछा चोरी हुने क्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको भेटिएको छ । शवको मुचुल्का उठाउने काम भइरहेको र परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । मृतकको पोष्टमार्टम पछि थप कुरा पत्ता लाग्ने र यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्