Techie IT
सोमबार, असोज ५,२०७७

टोखामा क्वारेन्टाइनमा बसेकाहरुलाई योगा तथा मनोपरामर्श सेवा


काठमाडौ । क्वारेन्टाइनमा बसेकाहरुलाई शारीरिक तथा मानसिक रुपमा तन्दरुस्त राख्न विभिन्न मनोरञ्‍जनात्मक कार्यक्रमको आयोजना हुन थालेको छ। त्यसका लागि उत्प्रेरणा कक्षा, योगा,  तथा मनोपरामर्श सेवा प्रदान गरिरहेका छन् ।

टोखा न पा २ स्थित टोखा स्वास्थ्य प्राथमिकता उपचार केन्द्र मा कोरोना पोजिटिभ बिरामी हरुलाइ मनोबल बढाउन योगाभ्यास गराउदै आएको छ ।

क्वारेन्टाइनमा रहेकाहरुको आत्मबल र हौसला बढाउन तथा सकारात्मक सोच र तनाब व्यवस्थानका लागि उत्प्रेरणा कक्षा सञ्चालन गरिएको छ ।

कोरोनाविरुद्ध थालेको प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक अभियानमा क्वारेन्टाइन व्यवस्थित बनाउन टोखा नगरपालिका गम्भीर रहेको मेयर प्रकाश अधिकारीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #क्वारेन्टाइनमा बसेकाहरुलाई योगा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!