Techie IT
मंगलबार, असोज १३,२०७७

चितवनमा कोरोना संक्रमित थप एक जनाको मृत्यु


चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । निमोनिया भएर गत, भदौ ४ गते चितवन मेडिकल कलेजमा भर्ना भएका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), विनयी त्रिवेणी गाउँपालिका ६ का ६२ वर्षीया एक पुरुषको आज साँझ ५ः५० बजे निधन भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायताबाट उपचार गरिएको थियो ।
आज शनिबार बिहान मात्रै चितवन मेडिकल कलेजमै बारा निजगढकी एक महिलाको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । चितवनमा हाल कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने संक्रमितको संख्या ५९८ पुगेको छ ।

क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #चितवन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!