Techie IT
बिहीबार, असोज १५,२०७७

बालाजु वृत्तका डिएस्पी खड्का उत्कृष्ट प्रहरी अवार्डबाट सम्मानित


राधेश्याम तिमलसिना ( पुकार)

काठमाडौँ ।महानगरिय पैहरी बृत बालाजुका डिएसपी बिश्वराज खडेका सम्मानित भएका छन । महानगरीय प्रहरी परिसरले जेठ महिनाको कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका ८ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । यस्तै महाराजगञ्ज वृत्तका डिएसपी योगेन्द्रसिंह थापाले पाएका छन्। उनीहरुले पेश गरेका कार्यविवरणको मूल्याङकनको आधारमा खड्का र थापालाई संयुक्त रुपमा दिने निर्णय भएको हो। उत्कृष्ट डिएस्पी पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ।

बंगलादेश बैंकको सहकार्यमा हरेक महिना कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका अधिकृत तथा जवानलाई छनोट समितिको सिफारिसको आधारमा पुरस्कार दिने गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

त्यस्तै इन्सपेक्टरतर्फ कोटेश्वर प्रभागका राजु लामा र नागढुंगा प्रभागका केशब भट्टलाई संयुक्त रुपमा दिने निर्णय भएको छ। उत्कृष्ट इन्सपेक्टर पुरस्कारको राशी ३५ हजार रुपैयाँ छ।

उनीहरुलाई परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेल र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले पुरस्कार वितरण गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #बिश्वराज खडेका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!